सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेनः नेता सिंह

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन मोरङ शाखाद्वारा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने बताएका हुन् ।

नेता सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताए । उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *