आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र कराँची भिड्दै

प्रज्जवल थापा । पाकिस्तान राष्ट्रिय महिला फूटबल च्याम्पियनसिपमा आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र कराँची युनाइटेड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुनेछ ।

मासा आजको खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । समूह ‘बी’ मा रहेको मासा एक खेल अगावै क्वाटरफाइनल प्रवेश गरिसकेको थियो । नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको मासा प्रतियोगितामा सार्वधिक गोल(५८) गर्ने टोली हो । नेपाली खेलाडी अनिता केसीले प्रतियोगितामा २४ गोल गर्दा शरु लिम्बुले २१ गोल गरेकी छिन् । यस्तै गिता रानाको नाममा तीन र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा दुई गोल रहेको छ ।

यता कराँची युनाइटेडपनि हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । आजको खेल जित्ने टोली शिर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *