प्रधानमन्त्री सत्ता र कुर्सी जोगाउन विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीनः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक संजाल ट्वीटमार्फत उपाध्यक्ष रावलले सत्ता र कुर्सी जोगाउन प्रधानमन्त्री विभिन्न शक्तिहरुसँग साँठगाँठ गरिरहेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *