अनिताको १६ र शरुको १० गोलमा मासा युनाइटेडको फराकिलो जित

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीकी फर्वार्ड अनिता केसीले १६ र शरु लिम्बुले १० गोल गरेको खेलमा मासा युनाइटेडले फराकिलो जित निकालेको छ । पाकिस्तान नेसनल फूटबल च्याम्पियनसिप अन्तर्गत भएको खेलमा मासा युनाइटेडले काँरची वुमेन्स फूटबल क्लबलाई ३५-० गोल अन्तरले पराजित गरेको हो ।

मासा युनाइटेडलाई जित दिलाउन नेपाली खेलाडी अनिता केसीले १६ गोल गर्दा शरु लिम्बुले १०, गिता राना र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले दुई/दुई गोल गरिन् । यस्तै अरिबाले ह्याट्रिक पुरा गर्दा सम्रोज सम्रिनले दुई गोल थपिन् । पहिलो हाफमा १५ गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप २० गोल गरेको थियो ।

फर्वार्ड अनिता केसीले खेलको १०, १३, १६, १९, ३७, ४०, ४५+३, ५५, ५७, ५९, ७०, ७३, ८७, ८८, ८९ र ९०+१ औं मिनेटमा गोल गरिन् । यस्तै शरु लिम्बु ३९, ५०, ५६, ६७, ६९, ७१, ८०, ८२,  ९० र ९०+२ औं मिनेटमा गोल गरिन् । सम्रोजले ७, १७, औं मिनेटमा गोल गर्दा अरिबाले १, ५२ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै गिता रानाले पहिलो हाफको चौथो र आठौं मिनेटमा गोल गर्दा एन्जिलाले ३९ र ४३ औं मिनेटमा गोल गरिन् ।

जितसँगै मासाले प्रतियोगितामा आफ्नो विजयी यात्रालाई कायम राखेको छ । मासाले पहिलो खेलमा सिअलकोटलाई १९-० र दोस्रो खेलमा हाइयर एजुकेसनलाई ४-० गोलले पराजित गरेको थियो ।

तस्बिर:- पाकिस्तान फूटबल

Leave a Reply

Your email address will not be published. Required fields are marked *