एमालेले वरिष्ठ नेता नेपालसहित चार नेतालाई पठायो स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै सोमबार पत्र पठाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चार नेतालाई सोमबार स्पष्टीकरण सोध्दै पत्र पठाएको हो ।

शनिबारको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष डा.भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *