युनाइटेडलाई पराजित गर्दै लेस्चर एफए कपको सेमिफाइनलमा

प्रज्जवल थापा । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै लेस्चर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लेस्चरले युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

किङ पावर रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन केलेची इहेनाचोले दुई गोल गर्दा योउरी टिलेमानसले एक गोल गरे । युनाइटेडको लागि मासोन ग्रिनवुडले गोल गरेपनि जितको लागि पर्याप्त भएन । २४ औं मिनेटमा इहेनाचोले गोल गर्दै लेस्चरलाई खेलमा अगाडि बढाएका थिए । ३८ औं मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।

५२ औं मिनेटमा इहेनाचोको पासमा टिलेमानसले गोल गर्दै लेस्चरलाई फेरि खेलमा अग्रता दिलाए । ७८ औं मिनेटमा इहेनाचोले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्चरलाई ३-१ गोलको जित जित दिलाए । आइतबार नै भएको अर्को खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २-० गोलले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *