‘हनी ट्रयाप’मा फसाइ रकम असुल्ने गिरोह पक्राउ

काठमाडौँ । ‘हनी ट्रयाप’मा फसाइ रकम असुलेको आरोपमा दुई युवतीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ‘हनी ट्रयाप’मा फसाइ रकम असुलेको आरोपमा जाजरकोट घर भइ गोंगबू बस्ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्दै आएका शंकर खनाललाई पक्राउ गरेको हो ।

उनीहरुले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामासँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले यसरी रकम असुल्ने दुई महिलालाई पक्राउ गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *