संसदमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता दुबै चुप किन ?

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले पुनःस्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताले सम्बोधन नगरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटमार्फत ढुंगानाले संसदमा बोलेको जनतासँग बोलेको मानिने भएपनि प्रधानमन्त्री र प्रतिपक्षी दलको नेता नबोल्नु सन्देशपूर्ण भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘संसदमा बोलेको जनतासँग बोलेको मानिन्छ। राष्ट्रलाई गरिएको सवभन्दा आधिकारिक संवोधन मानिन्छ। अदालतको आदेशबाट पुनर्जन्म पाएको प्रतिनिधिसभामा प्रधानमन्त्री र प्रतिपक्षका नेताको समसामयिक विषयमा कथन पेश गर्नै पर्ने हो। प्राथमिकतासाथ बोल्नैपर्ने हो। दुबै चुप किन हो ?’ सर्वोच्च अदालतले आदेशपछि पुनःस्थापना भएको संसदमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताले सम्बोधन गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *