जनकपुरधाम–अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन

जनकपुर । धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले  बताए ।  उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले टिकट लिएका छन् ।

टिकट काटेका यात्रुलाई बोकेर रेल जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको उनले बताए ।  रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै अब यात्रुले टिकट प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ । अनलाइनमार्फत टिकट लिन चाहने यात्रुले भारतको टिकट प्रणालीबाट बुकिङ गर्न सक्नेछन् भने नेपालबाटै टिकट लिन चाहने यात्रुका लागि जनकपुरधाम रेल्वे स्टेसनमा टिकट खरिद गर्नसक्छन् ।

जनकपुरधामबाट अयोध्यासम्मको यात्राका लागि स्लिपर श्रेणीको  ५८४, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको  एक हजार ४१६, वातानुकूलित तेस्रो श्रेणीको एक  हजार ५४४ र वातानुकूलित दोस्रो श्रेणीको  दुई हजार १७६ भाडा निर्धारण गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । निर्धारित तालिका अनुसार नियमित सञ्चालन हुने सेवाले दुवै देशका यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिनसक्ने व्यवस्था गरिएको छ । जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् ।

विशेषगरी त्रेतायुगीन रामायण संस्कृतिसँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो रेल सेवाले दुवै देशका तीर्थयात्रीलाई सहज आवागमनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको विहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ ।

रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनीको व्यवस्था गरिएको प्रबन्ध सञ्चालक पराजुलीले बताए। ती स्थानबाट यात्रु चढ्न तथा ओर्लनसक्ने व्यवस्था मिलाइएकाले यस सेवाबाट जनकपुरधाम र अयोध्याका यात्रु मात्रै नभई रेलमार्गमा पर्ने विभिन्न सहरका बासिन्दासमेत लाभान्वित हुने कानुन व्यवसायी राजकुमार महासेठले बताए।
नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन पनि यस रेल सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ । निर्धारित तालिका अनुसार नियमित सञ्चालन हुने सेवाले दुवै देशका यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रबन्ध सञ्चालक पराजुलीले यस व्यवस्थाले नेपाली यात्रुलाई टिकट प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे । रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिनसक्ने व्यवस्था गरिएको छ । जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित दोस्रो श्रेणीका दुई, वातानुकूलित तेस्रो श्रेणीका तीन, तेस्रो इकोनोमी श्रेणीका तीन, स्लिपर श्रेणीका सात र एसएलआरका दुई डिब्बा समावेश छन् ।

विभिन्न श्रेणीका डिब्बाको व्यवस्था गरिएकाले यात्रुले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार यात्रा गर्न सक्नेछन् । विशेषगरी त्रेतायुगीन रामायण संस्कृतिसँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो रेल सेवाले दुवै देशका तीर्थयात्रीलाई सहज आवागमनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको विहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *