झापा र इलामको सीमा क्षेत्रको जङ्गलबाट करिब साढे १९ टन फर्सीको बियाँ बरामद

काठमाडौँ । झापा र इलामको सीमा क्षेत्रस्थित मेची नगरपालिका वडा नम्बर १ भालुखोपको जङ्गल इलाकाबाट शनिबार सशस्त्र प्रहरीले १९ हजार ४०० किलोग्राम बराबरको ४ सय ८५ बोरा फर्सीको बियाँ बरामद गरेको छ।

विशेष सूचनाका आधारमा नं. २ गण झापाबाट सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा खटिएको टोलीले सो स्थानमा बेवारिसे अवस्थामा लुकाएर राखिएको उल्लेखित परिमाणको फर्सीको बियाँ फेला पारेको हो ।

सशस्त्र प्रहरीको टोलीले सो स्थानबाट २ थान मोबाइल समेत बरामद गरेको छ । बरामद गरिएको फर्सीको बियाँ तथा मोबाइल आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने क्रममा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *