रवि र बालेनबीच पाँच घण्टा वार्ता, निर्वाचनदेखि अध्यादेशसम्म छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह (बालेन) बीच आज पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

रवि लामिछानेको सचिवालयका अनुसार सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री साहले आफ्नो भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । भारत भ्रमण तथा त्यसबाट प्राप्त उपलब्धिबारे दुवैबीच छलफल भएको सचिवालयले जनाएको छ ।

त्यस्तै, आगामी निर्वाचनहरू र निर्वाचनको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्रीहरू, मन्त्रालय तथा सरकारका कामकारबाहीबारे पनि छलफल भएको थियो ।

भेटमा अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत दुवै नेताबीच कुराकानी भएको रविको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *