काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले ६० जना एसपीको सरुवा तथा काज गरेको जनाएको छ ।
सरुवा सूचीअनुसार मोरङमा दिलीपकुमार गिरी, बाँकेमा नवराज मल्ल, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन खाँण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तन्डुकार र दाङमा श्यामु अर्यालको पदस्थापन गरिएको छ।






