स्वास्थ्य सामग्रीमा एमआरपी अनिवार्य गर्ने विषयमा दुई मन्त्रीबीच छलफल

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसँग भेट गरेकी छन् । भेटमा मन्त्री मेहताले शल्यचिकित्सासम्बन्धी सामग्री (सर्जिकल गुड्स), शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट), रिएजेन्टलगायत सम्पूर्ण स्वास्थ्यसम्बन्धी सामग्रीमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य लागू गर्ने विषयमा छलफल गरेकी छन् ।

उक्त सामग्रीको मूल्यमा एकरूपता र पारदर्शिता कायम गर्न, भन्सार प्रक्रियालाई सहज र नियमित बनाउन सम्बन्धित विभागमार्फत आवश्यक नियमन तथा अनुगमन गर्ने विषयमा दुई मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्यको आवश्यकताबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *