कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

दुलालका अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रित अभियान–हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार तथा सुझावलाई बैठकमा समेटिनेछ । उक्त अभियानलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *