काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र साह सोमबार बेलुकी स्वदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री साहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए ।
