सात महिनादेखि सम्पर्कविहीन सुरज रानामगरको खोजीमा परिवारको अपील

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ निवासी ३५ वर्षीय सुरज रानामगर सात महिनादेखि परिवारको सम्पर्कमा नआएपछि परिवारले उनको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग अपील गरेको छ।

पिता श्यामकाजी रानामगर र माता गंगाकुमारी रानामगरका छोरा सुरज घुम्नका लागि बुढानीलकण्ठबाट झापा गएको र त्यसपछि घर नफर्किएको परिवारले जनाएको छ।

करिब ५ फिट ७ इन्च उचाइका सुरज सामान्य नामसमेत बताउन नसक्ने तथा बौद्धिक रूपमा विशेष सहयोग आवश्यक पर्ने व्यक्ति रहेको परिवारले जनाएको छ।

उनको हराएको विषयमा प्रहरीलाई समेत जानकारी गराइसकिएको भए पनि सात महिनासम्म कुनै खबर प्राप्त नभएपछि परिवार चिन्तित बनेको छ।

सुरजलाई कसैले देखेमा, भेटेमा वा उनको अवस्थाबारे कुनै जानकारी भएमा अभिभावक हरि मगरको मोबाइल नम्बर ९८५१०७८६५७ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

परिवारले सुरजको खोजीमा सहयोग पुग्ने विश्वाससहित उक्त सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *