भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेटवार्ता, द्विपक्षीय सहकार्यमा छलफल

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यसैगरी, नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *