काठमाडौं । चीनका लागि नेपालका नवनियुक्त राजदूत डा. कल्याणराज शर्मा बेइजिङ पुगेका छन् । उनलाई बिहीबार बेइजिङ डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका उपप्रमुख रोशन खनाल, दूतावासका वरिष्ठ अधिकारी तथा चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
बेइजिङ पुगेका राजदूत डा. शर्माले चीनस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन्।

