परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। राजदूत माओमिङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार चिनियाँ जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले पनि परराष्ट्रमन्त्री खनालसँग भेट गरेका थिए। उक्त भेटमा व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, शिक्षा तथा सीमापार सम्पर्क विस्तारका विषयमा छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *