बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवद्र्धन गर्न चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन् ।एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को पूर्ण बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले स्वतन्त्र व्यापार, विविध अर्थतन्त्र र तथ्याङ्क व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘चीन एसिया–प्रशान्त क्षेत्रमा आधारित छ र क्षेत्रीय सहयोगलाई निरन्तर समर्थन गर्नेछ,’ उनले भने । सीले चीनको सेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने घोषणा पनि गरेका छन् ।उनले क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउँदै साझा विकास र आर्थिक समृद्धिका लागि चीन प्रतिबद्ध रहेको बताएका छन् ।
