काठमाडौं । पार्टी भित्र चुलिएको विबादका बीच प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका छन् ।
राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी रहेको गौतमका निकट स्रोतले बताएको छ ।
मंगलबार बोलाएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको बैठकले ठहर गरेको छ ।
बैठकमा गौतमले भने पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्याएका थिए । नेता गौतम बिहानै प्रचण्ड निवास खुमलटार पुगेको स्रोतले बताएको छ ।

