रास्वपा सांसदको रहर !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा खिचिएका फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

गेलालले सामाजिक सञ्जालमार्फत आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रतियोगितामा निर्वाचनका क्रममा प्रधानमन्त्री बालेन साह, रास्वपा सभापति रवि लामिछाने तथा सांसदद्वय पारसमणि गेलाल र सूर्य लामासँगका अविस्मरणीय क्षण कैद गरिएका फोटो तथा भिडियो पठाउन सकिनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आफूले खिचेका उत्कृष्ट फोटो वा भिडियो आयोजकलाई पठाउनुका साथै सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्नेछ ।

प्राप्त सामग्रीमध्ये उत्कृष्ट तीन जनालाई नगद पुरस्कार प्रदान गरिने गेलालले बताएका छन् । यद्यपि पुरस्कारको रकम भने सार्वजनिक गरिएको छैन । त्यसबारे छिट्टै भिडियो सन्देशमार्फत जानकारी गराइने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *