काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले चितवनलाई जितको लागि ८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनाएको हो । जनकपुरको लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाउँदा विशाल शुस्लिङले १५ र सन्तोष कार्कीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
चितवनको लागि रञ्जित कुमारले तीन विकेट लिँदा सिकन्दर राजा र कमिल मिश्राले समान दुई/दुई विकेट लिए । कमल सिंह एरी र रिजन ढकालको नाममा एक/एक विकेट रह्यो । अब चितवनले जवाफी ब्याटिङ गर्नेछ ।
