काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटका क्रममा दुई पक्षबीच नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार भेटमा दुई देशबीचको निकट मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । साथै, आपसी सम्बन्ध विस्तारका लागि पर्यटन तथा जनस्तरको सम्पर्कलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको दूतावासले जनाएको छ।
