काठमाडौं । नेपाली बजारमा शुक्रबाार सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तिहारपछि शुक्रबार सुनको मूल्य समायोजन गरिएको हो ।
यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ३ हजार ७ सय रुपैयाँमा झरेको छ।
