थाई गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । थाइल्यान्डबाट नेपाल आएका एक भारतीय नागरिक तीन किलो गाजासहित पक्राउ परेका छन्  लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले यात्रुहरूको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा ती भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट तीन किलो थाई गाँजा बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *