प्रचण्ड रुसको मस्को प्रस्थान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान रुसको राजधानी मस्को प्रस्थान गरेका छन् र अखिल रुसी राजनीतिक दलको आयोजनामा १४ देखि १७ नोभेम्बरसम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी मस्को प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि भ्रमणमा सहभागी भएका छन् । यो सम्मेलनमा विश्वभरका कम्युनिस्ट उपस्थित हुनेछन् । सम्मेलनको उद्देश्य शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्ने रहेको छ ।

विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा शक्तिहरूको एकल प्रभावभन्दा धेरै शक्तिकेन्द्र भएको विश्व व्यवस्थाको पक्षपोषण गर्ने र विकासशील तथा ग्लोबल साउथका मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले सन् २०२४ मा पनि मस्कोमै फर द फ्रिडम अफ नेसन्स फ अ जस्ट वल्र्ड शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । प्रचण्डका स्वकीय सचिव केशव रावलका अनुसार पाँच दिन रूसमा रहेर प्रचण्ड स्वदेश फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *