काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई मध्यम योगफल बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पोखराले विराटनगर किंग्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको पोखराले १७.५ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमात्र बनाउन सक्यो । पोखराको लागि युवराज सम्राले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । उनले ४७ बल खेल्दै ७ चौका र ५ छक्काको मद्दतमा ८४ रन बनाए । यस्तै धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पोखरालाई सामान्य योगफलमा समेट्न सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । यस्तै एन्जेलो म्याथ्युस, चरिथ असलंका र रुपेश सिंहले समान एक/एक विकेट लिए । अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।
