मकवानपुरमा ईभी गाडी दुर्घटना, १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला गाडीमा १५ जना सवार थिए। उनीहरूमध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार टोली घटनास्थलमा खटिएको छ। नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *