जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा वडा नम्बर २ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान लिएको रानीपुरका स्थानीय बासिन्दा छलिलाल डगौंराले बताएका छन् ।

छलिलालले भने, ‘घरमा लक्ष्मी र उहाँका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो। मोहन भागेर ज्यान जोगाउन सफल भए ।’

घटनालगत्तै अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *