चीनले अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि स्थगित गर्ने

चीन ।  चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ।

यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ। यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो ।

यो समायोजन नोभेम्बर १० देखि लागू हुनेछ। यसले वासिङटनमा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखबीच भएको बैठकबाट निस्केका नतिजा र सहमतिलाई कार्यान्वयन गर्दछ भनी आयोगले अनलाइन विज्ञप्तिमा जनाएको छ।

यो कदमले देशको भन्सार कानून, भन्सार ऐन र वैदेशिक व्यापार कानूनका साथै अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्तअनुसार राज्य परिषद्को भन्सार शुल्क आयोगको सन् २०२५ को घोषणा नं. ४ मा उल्लेखित अतिरिक्त भन्सार उपायहरूलाई समायोजन गर्दछ।

चीनले भनेको छ, “अमान्य ठहरिएका अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गतका भन्सार शुल्कलाई धारा ३०१ का भन्सार शुल्कले प्रतिस्थापन गर्ने योजना रहेको अमेरिकी पक्षले जानकारी गराएको आयोगले जनाएको छ।

चीनले अमेरिकी पक्षका आगामी कदमहरू नजिकबाट निगरानी गर्नेछ र परिस्थितिअनुसार आफ्ना सम्बन्धित भन्सारसम्बन्धी जवाफी उपायहरू समायोजन गर्ने आयोगले बताएको छ।

अमेरिकी आयातमाथिको अतिरिक्त भन्सारको आंशिक निलम्बन जारी राख्नु दुवै देशका उद्यमहरूबीचको सहकार्यका लागि अपेक्षाकृत स्थिर र अनुमानयोग्य नीति वातावरण प्रदान गर्न र चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको दिगो र स्थिर विकास प्रवद्र्धन गर्न उपयोगी हुने आयोगले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *