काठमाडौंद्वारा चितवनलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले चितवनलाई जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । काठमाडौंको लागि रशिद खानले अर्धसतक बनाए । उनले ३० बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै शहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र करण केसीले २० रनको योगदान गरे ।

चितवनको लागि रिजन ढकालले तीन तथा कमल सिंह एरी र सिकन्दर राजाले समान दुई/दुई विकेट लिँदा दाङ मोउस्लेले एक विकेट लिए । अव चितवनले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *