जलवायु परिवर्तन वातावरणीय मात्र होइन, गम्भीर स्वास्थ्य सङ्कट पनि होः स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तन वातावरणीय सङ्कट मात्र नभई गम्भीर स्वास्थ्य सङ्कटसमेत भएको बताएकी छन् ।

कोप–३१ अन्तर्गत नेपाल पेभिलियनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसम्बन्धी छलफल र कार्ययोजनाको केन्द्रमा मानव स्वास्थ्यलाई राख्नुपर्नेमा जोड दिइन् ।

मन्त्री मेहताले जलवायु परिवर्तनले खाद्य तथा पानीको सुरक्षा, रोगको जोखिम, मातृ तथा बाल स्वास्थ्य र जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरिन् ।

उनले जलवायु उत्थानशील स्वास्थ्य प्रणालीको विकास, दिगो स्वास्थ्य पूर्वाधार निर्माण र प्रभावकारी पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

जलवायु जोखिममा रहेका मुलुकहरूका लागि अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र प्रविधि हस्तान्तरण आवश्यक रहेको पनि उनले औँल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *