काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा पोखराका कप्तान चमिका करुनारात्नेले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
पोखराको प्लेइङ ११ :- कुशल भुर्तेल, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, सन्नी विक, विपिन खत्री, चमिका करुतारात्ने, किरण ठगुन्ना, महेदी हसन, विवेक राना, युवराज सम्रा धनन्जय लक्षण
कर्णालीको प्लेइङ ११ :- अरिफुल इस्लाम, दिपक डुम्रे, गुलसन कुमार झा, डेभिड मिल्लर, मार्क वाट, जिशान अलाम, नन्दन यादव, पवन सरार्फ, सोमपाल कामी, युवराज खत्री, सुर्य तामाङ
