काठमाडौँ । सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरेको छ।चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटाका बरामद गरिएको हो।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद भएको छ। त्यसैगरी कोशी, लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशबाट समेत पटाका बरामद गरिएको छ।
जस अनुसार मधेस प्रदेशमा ७४ लाख ३१ हजार ९ सय ९ रुपैयाँ, कोशिमा ११ लाख ४९ हजार ३ सय ५०रुपैयाँ, लुम्बिनीमा १८ लाख ३२ हजार २ सय १२ रुपैयाँ, बागमतीमा २ लाख ३५ हजार र सुदूरपश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३ सय ९८ रुपैयाँ बराबरको पटाका बरामद भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ५९ हजार ५ सय ४० रुपैयाँ बराबरको पटका थप बरामद भएको छ। तिहार तथा छठ पर्वका समयमा अवैध रूपमा पटका भित्राउने, ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र जाँचलाई तीव्रता दिएको छ ।
अवैध पटाका प्रयोगले आगलागी, जनधनको क्षति तथा वातावरणीय प्रदूषणको जोखिम बढाउने भएकाले यसको नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई निरन्तरता दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकार दिए ।

