सरकारसँग ६ बुँदे सहमतिपछि डा. केसीले तोडे २५औँ अनशन

काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि अनशनरत डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । शनिबार राति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सहमति भएपछि डा. केसीले त्रिवि शिक्षण अस्पतालमा अनशन तोडेका हुन् ।

सरकार र डा. केसीबीच पटकपटक भएको छलफलपछि सहमति जुटेको हो । सहमतिलाई अन्तिम रूप दिन मन्त्री पोखरेल शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

अनशन तोडिएपछि मन्त्री पोखरेलले डा. केसीको यो अन्तिम सत्याग्रह हुने विश्वास व्यक्त गरे । उनले सहमतिमा उल्लेखित विषयको कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै भने, “डा. केसीको यो अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ ।”

सरकार र डा. केसीबीच भएको ६ बुँदे सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति 

Leave a Reply

Your email address will not be published. Required fields are marked *