नेपाल प्रहरीमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा

काठमाडौं । साइबर ठगी नियन्त्रण तथा डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले नेपाल प्रहरीमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा शुक्रबार केन्द्रले सेवा प्रारम्भ गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम स्थापना गरिएको यस केन्द्रबाट नियामक निकाय, प्रहरी, बैंक, वालेट, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा काम गर्नेछन् ।
केन्द्रले साइबर स्क्याम तथा ठगीका घटनामा तत्काल प्रतिकार्य गरी जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।

साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबिसै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाइएको केन्द्रमा सम्पर्क अधिकृत तोक्नुका साथै आकस्मिक सम्पर्कका लागि १२४७ नम्बर समेत सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *