आईजीपीलाई हटाएर सल्लाहकार बनाएकोमा ज्ञानेन्द्र शाहीको कटाक्ष

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

उनले आईजीपीले कुनै अपराध गरेका भए प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरी जेल पठाउनुपर्ने बताएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो।’

सरकारले बुधबार दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *