दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको फेरिचे क्षेत्रमा दुई हेलिकप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।प्राधिकरणले बुधबार निर्देशक प्रभाकर चन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियरहरू सम्मिलित समिति गठन गरेको हो ।

नागरिक उड्डयन नियमावली, २०५८ को नियम ८३ (ख) बमोजिम गठन गरिएको समितिलाई दुर्घटनाको कारण र त्यसका कारक तत्त्वहरूको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत दिनेछ।

प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले दुर्घटनाको निष्पक्ष र तथ्यपरक अनुसन्धान सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिने जनाएका छन्। साथै प्राधिकरणले हवाई उड्डयन सुरक्षालाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *