तर्साउने धेरै आए, तर्सिने बानी परेनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई नतर्साउन चेतावनी दिएका छन् । सोमबार साँझ सामाजिक संजालमार्फत सभापति थापाले आफूलाई तर्साउने धेरै आएका तर आफूलाई तर्सिने बानी नपरेको बताएका हुन् । उनले भनेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

आइतबार पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गरेका थिए । त्यसपछि आइतबार साँझ प्रधानमन्त्री बालेन साहले नाम उल्लेख नगरी एकदुई जनाले उम्किन्छु भनेर सपना नदेखे हुन्छ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

त्यस्तै कांग्रेसको आधिकारिता विषयमा इनम सापकोटाको बयान भन्दै गगन थापा पक्षले करोडौँ खुवाएको समाचार आएका छन् । सभापति थापाको सचिवालयले भने सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *