सशस्त्र प्रहरीद्वारा उदयपुरबाट ७ हजार ८२६ किलो गाँजा बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बलले उदयपुरबाट ७ हजार ८२६ किलो ८०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा आइतबार साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरो, नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।

बरामद गरिएको गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।सशस्त्र प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *