३२ अंकले घट्यो नेप्से

काठमाडौँ । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से ३२.६५ अंकले घटेको हो । आज ३४३ वटा कम्पनीको १ करोड ९८ लाख कित्ता शेयर ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर सर्वाधिक १३.५८ प्रतिशतले बढ्यो भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर ८.७७ प्रतिशतले वृद्धि भयो । ग्लोबल आईएमई बैंकले २९ करोडको शेयर कारोबार गर्दा कुमारी बैंकले २७ करोड, लुम्बिनी विकास बैंकले २३ करोड र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोडको कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *