काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले सुदूरपश्चिमलाई जितको लागि १ सय ६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको हो । वर्षाको कारण खेल ५ ओभरमा छोट्याइएको थियो । विराटनगरको लागि शेहान जयसूर्याले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ३९ रन बनाए । यस्तै आन्द्रे रसेलले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा नटआउट २९ रन बनाउँदा लोकेश बमले २५ रन बनाए । उनले १० बलमा ३ चौका र एक छक्का प्रहार गरे ।
सुदूरपश्चिमको लागि अविनाश बोहोराले २ ओभरमा २८ रन दिएर २ विकेट लिए । अब सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्नेछ ।
