सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, भाइ पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मत्यु भएको छ । भाइको कुटपिटबाट ६२ वर्षीय राना बहादुर तामाङको मृत्यु भएको हो । कुटपिट गर्ने उनका भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक ११ गते सामान्य विवाद हुँदा अन्दाजी ६० वर्षीय सम्बरबहादुर तामाङले दाइ राना बहादुरलाई कुटपिट गर्दा उनी घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएका उनलाई थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएकोमा शनिबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *