अमेरिकी कार्यवाहक राजदूत र शिक्षामन्त्रीबीच भेट, शिक्षा र खेलकुदमा सहकार्यबारे छलफल

काठमाडौं । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेकी छन् ।

शुक्रबार भएको भेटका क्रममा उनले फुलब्राइटसहित अमेरिकी आदानप्रदान कार्यक्रमहरूमा सहभागी भएर स्वदेश फर्किएका नेपालीहरूले नेपालको शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे चर्चा गरेकी छन् । त्यस्ता कार्यक्रमबाट प्राप्त अमेरिकी शैक्षिक अनुभव र उत्कृष्टतालाई नेपालमा उपयोग गर्दै आएका नेपालीहरूको भूमिकालाई उनले उल्लेख गरिन् ।

सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक तथा प्यारालम्पिक खेलकुदलाई लक्षित गर्दै भेटमा खेलकुद कूटनीतिका सम्भावनाबारे पनि छलफल भएको छ ।

छलफलमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई अमेरिकी विज्ञता उपलब्ध गराउने, खेलाडीको क्षमता विकास, प्रशिक्षण र खेल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्ने अवसरबारे विचारविमर्श भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *