बसको ठक्करबाट मकवानपुरमा एक जना पैदलयात्रीको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान करिब ७ः३० बजे इपाबाट हेटौँडातर्फ आइरहेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी भीमफेदी गाउँपालिका–८, ईपा बस्ने ६३ वर्षीया लिलादेवी खत्रीलाई बसको अगाडिबाट बाटो पार गर्ने क्रममा सोही बसले ठक्कर दिँदा उनको टाउकोमा चोट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *