काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
सभापति थापाले नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको उल्लेख गरेका छन् ।
सीमित स्रोतसाधन र अनेक कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा थप उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन् ।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
