च्याम्पियन्स लिग : फोडेनको ह्याट्रिकमा सिटीको सहज जित

एजेन्सी । फिल फोडेनले ह्याट्रिक गरेपछि युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले एइके एथेन्सलाई ५-१ गोलले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन फोडेनले ह्याट्रिक पूरा गर्दा इलियोट एन्डर्सन र रायन चेर्कीले समान एक/एक गोल गरे । एथेन्सको लागि स्टाभ्रोस पिलिओसले एक गोल फर्काए ।

जितसँगै सिटी ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको २७ औँ स्थानमा रहेको छ ।

अन्य खेलको नतिजा

एफसी पोर्टो ०-१ पीएसभी

लिभरपुल ४-३ भिल्लारियल

पीएसजी ४-२ बार्सिलोना

रोमा ४-० स्लोभान ब्राटिस्लाभा

नापोली ४-३ बोडो/ग्लिम्ट

स्टुटगार्ट १-१ एट्लेटिको म्याड्रिड

Leave a Reply

Your email address will not be published. Required fields are marked *