नेपालद्वारा ओमानलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानलाई जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८० रन बनाएको थियो । नेपालको लागि रोहित पौडेल, दीपेन्द्र सिंह एरी र देव खनालले अर्धसतक बनाए । रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा ८० रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले ६२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ६९ रन बनाउँदा देव खनालले ५७ रन बनाए । उनले ६५ बलमा ४ चौका र १ छक्का बनाए । यस्तै इशान पाण्डेले २९ र बासिर अहमदले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

ओमानको लागि शाह फैसलले ८ ओभरमा ५७ रन दिएर पाँच विकेट लिए । जय ओडेद्राले १० ओभरमा ४४ रन खर्चेर तीन विकेट लिँदा समय श्रीवास्तभाले दुई विकेट आफ्नो नाममा लेखाए । अब ओमानले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *