अफगानिस्तानमा दुई गाडी ठोक्किँदा ४ जनाको मृत्यु, ३ घाइते

काबुल । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा तीव्र गतिमा रहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

सिन्ह्वाका अनुसार शुक्रबार साँझ कुन्दुज प्रान्तको दश्त अबदान क्षेत्रमा टोयोटा फोररनर र विपरीत दिशाबाट आइरहेको टोयोटा कोरोला कार एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा दुवै सवारीसाधनमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको उपचार तथा दुर्घटनाबारे थप विवरण भने समाचारमा उल्लेख गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *